१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएले पायो ‘ट्रेडमार्क दर्ता’

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०८०, आईतवार १२:५८

लण्डन । गैरआवासीय नेपाली संघ ट्रेडमार्कमा दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्त उद्योग विभागबाट ट्रेडमार्क प्रमाणपत्र प्राप्त गरेको हो । संघले पेन्टेन्ट, डिजायन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ बमोजिम आफ्नो ट्रेडमार्क सुरक्षित गरेको हो ।

‘ट्रेडमार्क’ विश्वव्यापी रुपमा उद्योग तथा संस्था छुट्याउने सक्ने संकेत हो। ट्रेडमार्कहरू बौद्धिक सम्पत्ति अधिकारद्वारा सुरक्षित समेत मानिन्छ। दर्ता पछि संस्थाको अनुमति विना कसैले लोगो र नाम प्रयोग गरेमा गैरकानूनी मानिन्छ ।