१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए युरोप क्षेत्रीय ‘फेस टु फेस’ बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०८०, आईतवार १९:४२

लण्डन। गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रमा रहेका राष्ट्रिय समितिका अध्यक्ष तथा केन्द्रीय पदाधिकारीबीच छलफल सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघको आयोजनामा आइतवार सम्पन्न कार्यक्रममा युरोपस्थित १ दर्जन भन्दा बढी राष्ट्रिय समितिका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी भए ।
संघका महासचिव डा. केशव पौडेलले संचालन गरेको कार्यक्रममा संघका राष्ट्रिय समितिका अध्यक्षहरुले एमआईएस सिस्टममा भएका समस्याका बारेमा आआफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष डा. बद्री केसीले संघको युरोप क्षेत्रीय सम्मेलन र राष्ट्रिय निर्वाचनका बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा एनआरएनए माल्टा, यूके, अष्ट्रिया, टर्की, चेक रिपब्लिका, स्वीजरल्याण्ड, यूके, फ्रान्स लगायतका देशका अध्यक्ष तथा प्रतिनिधिहरुले आआफ्नो भनाईहरु राखेका थिए।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेम राज शर्माले एमआईएस सिस्टमको समस्या समाधान गर्नको लागि संघको केन्द्रीय कार्यालयमा चौविसै घण्टा टेलिफोन लाइन संचालन गर्न सुझाव दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थिति थियो ।