८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्रमन्त्री एनपी साउदले लण्डनमा कांग्रेस कार्यकर्ता र भूपु गोर्खाहरुलाई भेट्ने

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०८०, शुक्रबार ०१:०६

लण्डन । बेलायत भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले नेपाली कांग्रेस कार्यकर्ता तथा भूपु गोर्खाहरुलाई भेट्ने भएका छन् ।

नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुगंका अनुसार साउदले आगामी मे ८ तारिख, सोमवार लण्डन ह्यारोस्थित गोल्डेनसीपमा आयोजिक एक कार्यक्रममा सो भेटघाट गर्न लागेका हुन् ।

कार्यक्रममा बेलायतस्थित नेपाली जनसम्पर्क समितिका क्षेत्रीय समितिहरुको समेत उपस्थिति रहने समितिले जनाएको छ ।

यस्तो छ कार्यक्रम
नेपाली कांग्रेसका प्रभावसाली नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा माननीय पराराष्ट्र मन्त्री एनपी (नारायण प्रकाश) साउदको उपस्थितिमा नेपाली जनसम्पर्क समिति युकेले बेलायती भूतपूर्व गोरखा सेना, गैरआवासीय नेपाली तथा सम्पूर्ण नेपाली कांग्रेसमा आस्थवान नेपालीहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिको हुंदा सम्पूर्ण नेपाली जनसम्पर्क समितिका कार्यसमितिका साथीहरु, क्षेत्रीय समिति साथीहरु तथा सम्पूर्ण नेपाली बेलायत बासी नेपालीहरुलाई निम्न स्थान मितिमा तथा समय उपस्थिति हार्दिक अनुरोध गर्दछौ ।
मिति : ८ मे २०२३
समय : बेलुकी ५ बजे

स्थान :- Goldenship Restaurant
500 Northolt Road HA2 8HA
नर्बू सेर्पा
महामन्त्री
जनसम्पर्क समिति युके