७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौँमा अवतरण हुन नसकेपछि इयर इन्डिगो लखनउ डाइभर्ट

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८०, बुधबार १५:२८

काठमाडौँ । टेल विन्ट (दक्षिण बहने सतही हावा) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन । इयर इन्डिगोको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसकेर इन्डियाको लखनउ डाइभर्ट भएको छ ।

दिल्लीबाट काठमाडौँ आएको एयर इन्डिगोको जहाजले काठमाडौँको आकाशमा होल्ड गर्दा टेल विन्टको कारण अवतरण गर्न नसकेपछि डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण साइडबाट अवतरण गर्छन् । जहाज अवतरण गर्नको लागि ‘टेल विन्ट’ को बेग १० देखि १२ नटिकल माइल हुनुपर्छ ।

तर, काठमाडौँको आकाशका ‘टेल विन्ट’ गति १७ नटिकल माइल पुगेको थियो । जसले गर्दा एयर इन्डिगोको जहाजले आकाशमा जहाज होल्ड गरेको थियो । टेल विन्टको गति नघटेपछि जहाज दिल्ली डाइभर्ट भएको हो । अहिले दोहाबाट आएको कतार एयरलाइन्सलगायतको जहाजहरूले मिष्ट एप्रोज गरिरहेका छन् ।