१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए यूकेद्वारा सदस्यता लिन आग्रह

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०८०, आईतवार ००:१५

जुलाई २२ मा हुने निर्वाचन

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत(एनआरएनए यूके) ले सदस्यता लिनको लागि बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेको छ। संघको आगामी निर्वाचनको लागि उम्मेदवार बन्नलाई समेत सदस्यता बन्न र बनाउन आग्रह गएको छ।

यस अघि नै एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदको बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको थियो ।

आगामि २०२३-२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिब चिरन्जिबी ढकाललाई नियुक्ति गरेको छ।

समितिका अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एबम पत्रकार बिपिन निरौला रहेका छन। सात सदस्यिय निर्वाचन समितिमा बाँकी चार सदस्यहरु अध्यक्ष सुनिल बाबु खडकासंग सरसल्लाह गरी थप्ने अधिकार निर्वाचन समिति संयोजकलाई छ।

गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३-२५ कार्यकालको लागी सदस्यता ड्राइब समितीको संयोजक उपाअध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा छिटैनै बेलायतका गैरआवासीय नेपाली संघलाई माया गर्ने सामाजिक अभियन्ताहरुलाई राखी सदस्यता ड्राइब समिती बनाउनेछ।

संघका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षतामा जुममा बसेकोउक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिति जुन २३ निर्धारण गरेको छ भने संघको ११औ अधिवेशन जुलाई १६ र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय गरेको छ।