६ बैशाख २०८१, बिहीबार
Follow Us

पश्चिम ब‌गालकी मुख्यमन्त्रीले भेटिन सलमान खानलाई

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०८०, आईतवार ०८:१९

मुम्बई । बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनको कालीघाट निवासमा शिष्टाचार भेट गरेका छन्। सलमान खान अपराह्न ४:२५ बजे मुख्यमन्त्रीको निवास पुगेका थिए ।  जुनबेला सुपरस्टार खानलाइ एक झलक हेर्न ठूलो संख्यामा फ्यान सडकमा भेला भएका थिए ।

दक्षिण भारतीय चलचित्र ‘दि केरल स्टोरी’ चलचित्रलाई आफनो राज्यमा प्रतिबन्ध गरेकी बर्नजीले बलिउड अभिनेता भेटे पछि थप चासो जनाईएको छ । धर्मान्तरणको बिषय उठान गरिएको सो चलचित्रले जातीय र समुदायगत सम्प्रदायबिच बैमनश्य बढाउने भन्दै उनले सो चलचित्र प्रतिबन्ध गरेकी हुन ।

ममता बनर्जीले भेटमा उनीहरुले चलचित्र जगतदेखि लिएर कला, समाज र जनताको विकासका विभिन्न विषयमा छलफल भएको बताइन् ।

ममता बनर्जीले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘आज मेरो निवासमा चर्चित फिल्म अभिनेता सलमान खानसँग भेट्न र कुराकानी गर्न पाउँदा म निकै खुसी छु । हामीले चलचित्र जगतदेखि कला, समाज र जनताको विकाससम्मका विभिन्न विषयमा अर्थपूर्ण छलफल गरेका थियौं । व्यस्त कार्यक्रमको बीचमा यहाँ आउनु भएकोमा म सलमानप्रति विशेष आभार व्यक्त गर्दछु। सु–स्वास्थ्यका साथ सफलताको सिँढी चढिरहोस् । म उहाँको भविष्यको लागि मेरो शुभकामना व्यक्त गर्दछु।’