८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अमेरिकाको सदस्यता १५ हजारले लिए

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०८०, मंगलवार ०४:३१

लण्डन । गैरआवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको सदस्यता १५ हजार हाराहारीमा हुने भएको छ। अघिल्लो पटक बीस हजारको हाराहारीमा एनआरएन अमेरिकाको सदस्य थिए।

यस पटक १३ हजार तीन सय बढीले सदस्यताका लागि आवेदन दिएको एनआरएनए अमेरिकाले जनाएको छ। २४ सय बढी आजीवन सदस्य छन्।

एनआरएनए अमेरिकाले मार्च ६ देखि सदस्यता खुलाएको थियो। मे १५ तारिक सोमवार न्यूयोर्क समय अनुसार मध्यरात १२ बजे सम्म सदस्यता आवेदन खुल्ला गरिएको थियो।

एनआरएनए अमेरिकाले पहिलो पटक एमआइएस प्रणालिमा सदस्यता आवेदनका लागि आह्वान गरेको थियो। यो प्रणालि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) द्वारा नियन्त्रणित हो।

यो प्रणालीमा मोवाइलबाट मात्र सदस्य बन्न सकिने व्यवस्था थियो । यसै गरि सदस्य बन्ने व्यक्तिको सेल्फी र परिचय पत्र अनिवार्य गरिएको थियो।

एनआरएनए अमेरिकाका अनुसार सोमवार मध्यरात (१२ बजे,न्यूयोर्क समय ) सदस्यता विन्डो बन्द हुदाँ सम्म १३ हजार तीन सय १५ जनाले सदस्यताका लागि आवेदन दिएका छन्।

जसमध्ये आठ हजार आठ सय २४ जनाको प्रमाणिकरण नै भएको छ। एनआरएनए अमेरिकासँग २४ सय ६१ जना आजिवन सदस्य छन्।

सदस्यता आवदेन दिन पाउने अन्तिम दिन मात्र तीन हजार ६ सय ९७ जनाको आवेदन परेको छ। यो एकै दिन आवेदन परेको सबै भन्दा धेरै हो।

यसै बीच एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सदस्यता विस्तार किमिटि संयोजक दिलु पराजुलीले सदस्यता आवदेन संख्याले आफु उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

‘यो उत्साजन हो।’ पराजुलिले भने,’संस्था विभिन्न कारण उताव चडाब हुदै गर्दा, स्मार्ट एनआरएन, एमआइएस जस्तो नयाँ प्रविधि, डाटा सुरक्षाको कुरा हुदाँ हुदै पनि साँढे दुई महिनामा यो संख्याले आवेदन दिनु भनेको हामीलाई विश्वास गर्नु हो, हाम्रो कुरा सुने।’

उपाध्यक्ष पराजुलिले पहिलाको भन्दा यस पटक सदस्य बन्ने प्रणाली केही झण्झटिलो भए पनि यो संख्यामा सदस्य बन्दा आफु खुसी भएको बताए।

एनआरएनए अमेरिकाले यस पटक गिफ्ट कार्डबाट सदस्यता बन्न नपाउने व्यवस्था गरेको थियो। यस्तै एउटै डेबिट वा क्रेडिट कार्डबाट चार जना भन्दा बढीले सदस्यता शुल्क तिर्न नपाउने पनि व्यव्था गरेको थियो। एक जनाको शुल्क बीस डलर तोकिएको थियो।
– समाज टाइम्स