६ बैशाख २०८१, बिहीबार
Follow Us

रविले मागे सिईओः विदेशमा बसेर विज्ञता हासिल गरेकालाई प्राथामिकता

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०८०, मंगलवार २२:५९

लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेका छन् ।
आज (मंगलबार) रास्वपाले एक विज्ञप्तिमार्फत विदेशमा रहेर व्यवस्थापनमा दख्खल राख्ने र स्वदेश पर्कन चाहनेका लागि आवेदन दिन आग्रह गरेको हो ।

रास्वपाको ‘विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने’ प्रतिबद्धता भएको पनि विज्ञप्तिमा भनिएको छ ।

‘विदेशमा रहनुभएका व्यवस्थापनमा दख्खल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो छ। कार्यकारी अधिकृत भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित नेपाल भित्राउन हामी इच्छुक छौं,’– विज्ञप्तिमा भनिएको छ ।