१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएमा घण्टी बजेनभने संस्था बच्दैन् : उपाध्यक्ष डा. हेम राज शर्मा

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८०, मंगलवार १९:१९

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संस्था गम्भिर मोडमा पुगेको बताएका छन् ।
डा. शर्माले नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्सवलाई आइतवार लण्डनमा सम्बोधन गर्दै गैरआवासीय नेपाली संघभित्र एकताको आवश्यकता रहेको बताए ।
उनले एनआरएनलाई एक बनाएर, सबै अट्ने संस्था बनाउँ आग्रह गरे। गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने ११ औं महाधिवेशनको लागि अध्यक्ष पदको आकांक्षीको रुपमा रहेका शर्माले नेपालमा घन्टी बजाएको जस्तै एनआरएनमा पनि घन्टी बजाउने बेला आएको बताए ।

उनले आगामी अधिवेशनमा नेपालको राजनीतिमा घण्टीले दवाव दिए जस्तै एनआरएनए भित्र पनि जागरण आए मात्र संस्था बच्ने बताए ।

डा शर्माले ‘बाहिर बस्ने नेपालीहरुलाई मताधिकार दिने, गैर आवासीय नेपाली नागरिकता, सम्पत्तिको सुरक्षा बारे गहन छलफल भै रहेको’ बताए।

उनले भने ‘एनआरएनए जस्तो ठूलो संस्थामा टुटफुट भै रहन्छ, गाली खाइन्छ, नआत्तिनु होला, नेपाली समाजको रेफ्लेक्सन हो।’

कार्यक्रममा प्राध्यापक सूर्य सुवेदी, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य लगायतले शुभकामना दिएका थिए ।