७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन मध्यपूर्ब सम्मेलन जुन अन्तिम साता ओमानमा हुने

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०८०, मंगलवार २३:००

लण्डन । गैरआवासीय नेपाली संघको मध्यपूर्ब सम्मेलन जुन महिनाको अन्तिम साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार सो सम्मेलन जुन महिनाको २८,२९ र ३० तारिख ओमानको राजधानी मस्कटमा हुन् लागेको हो ।

एनआरएनए मध्यपूर्व अन्तर्गत कतार, युएई, बहराइन, ओमान, साउदी, कुवेत, ईराक, लेवनान, ईजरायल, यमन, इजिप्ट, इराक र सिरिया लगायतका देश पर्दछन् ।

सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशका जेलका रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने लगायतका एजेण्डामा बन्न सक्ने संघका अभियान्ता राजु सैयदले जानकारी दिए ।

यसअघि संघका भेला युएई, कतार, बहराइन लगायतका देशमा सम्पन्न भएका छन् । सो क्षेत्रमा संघको संयोजकको रुपमा राजेन्द्र अर्याल र मनोज गोर्खाली सकृय छन् ।