१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेवातालमा डुबेर एकजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८०, आईतवार ०६:४५

कास्की । पोखराको फेवातालमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ। माछा मार्ने क्रममा तालमा डुबेर अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुक घर भई हाल पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ६३ वर्षे मीन गुरुङको मृत्यु भएको हो ।

शनिबार दिउँसो करिव ४ बजे तालको पामे खपौदी क्षेत्रबाट बेपत्ता भएका गुरुङको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले साँझ ७ बजे फेला परेको हो। उनको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।