१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीद्वारा भारत भ्रमणबारे सदनलाई जानकारी

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०८०, सोमबार १४:५३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आफूले भ्रमण गर्न लागेको बताए ।

भ्रमणमा पराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा। प्रकाशशरण महत, भौतिकमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री रमेश रिजाललगायत सहभागी हुने छन् । उनले नेपाल भारतका विविध विषयमा हस्ताक्षर हुने जानकारी दिए । प्रधानमन्त्रीले भ्रमणको विविध चरणमा तयारी भइरहेको बताए ।