१४ बैशाख २०८१, शुक्रबार
Follow Us

धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार ०४:३१

धादिङ । दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका वडा नम्बर-२ स्थित मासखर्कको जाउला थाईमा भिरबाट लडेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका छोरा दुई वर्षीय साजन रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अप्सरा ८ महिनाको गर्भवतीसमेत थिइन् ।

सोमबार अपराह्न छोरासहित घाँस काट्न गएको बेला छोरा भिरबाट लडे पछि समात्न जाँदा अप्सराको पनि खसेर मृत्यु भएको हो ।

मृतकको शवलाई अहिले मलेखुस्थित स्थानीय अस्पतालमा राखिएको र पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने छ ।

त्यस्तै गत शनिवार त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको पनि आज गजुरी गाउँपालिकास्थित चालीसे नजिकै त्रिशुली नदीमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।