८ बैशाख २०८१, शनिबार
Follow Us

चेन्नई सुपर किङ्सले जित्यो आईपीएलको उपाधि

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार ०४:३३

अहमदावाद । गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । अहमदाबादमा आइतबार रोकिएर सोमबार बेलुका भएको खेल चेन्नाईले डि.एल पदतीको आधारमा ५ विकेटले जितेको हो ।

खेलमा पहिला व्याटिङ गरेको साविक विजेता गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । उसका लागि साइ सुदर्शनले ९६ रन जोड्दा रिघिमन शाहले ५४ रन शुबमन गिले ३९ रन जोडे ।

जवाफमा २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो । पानी रोकिएपछि चेन्नईले १५ ओभरमा १ सय ७१ रनको लक्ष्य पायो ।

अन्तिम दुई बलमा १० रन चाहिएको अवस्थामा रविन्द्र जडेजाले एक छक्का र एक चौका प्रहार गर्दै टोलीलाई ५ विकेटले विजयी गराएका हुन् । जितसँगै चेन्नईले आइपिएल क्रिकटमा सर्वाधिक ५ पटक उपाधि जित्ने मुम्बइ इण्डीयन्सको किर्तीमान बराबरी गरेको छ ।