काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अब आफू झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालना गर्ने प्रयास गर्ने बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै सांसद तामाङले लेखेकी छन्,‘अबदेखि म झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्छु ।’
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा तामाङले परराष्ट्रमन्त्री शिशिर खनालबाट कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा चित्तबुझ्दो जवाफ नआएको गुनासो गरेकी थिइन्।
त्यसपछि उनले थप प्रश्न सोध्न खोजेकी थिइन्। तर, सभामुख डोलप्रसाद अर्यालले समय दिन अस्वीकार गरेका थिए। त्यसपछि उनी संसद् बैठकबाट फन्किएर बाहिरिएकी थिइन्।