१३ बैशाख २०८१, बिहीबार
Follow Us

सन्दीपको मुद्दा आज पनि टुङ्गिएन

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०८०, मंगलवार ११:३४

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले आज पनि फैसला दिएन । न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।

न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् । अब उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने भएको छ ।

मुद्दा लम्बिएपछि सन्दीप लामिछाने नेपाली क्रिकेट टोली सहभागी हुने प्रतियोगिताका लागि तत्काल दक्षिण अफ्रिका जान नपाउने भएका छन् । नेपाली टोली करिब डेढ महिना लामो खेल तालिका अन्तर्गत दक्षिण अफ्रिका जाँदैछ ।

फैसलाको चरणमा रहेको मुद्दा पछिल्लो समय विभिन्न कारणले लम्बिँदै गएको छ ।