काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन्। आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरेका थिए ।
समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका थिए । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गरे ।
यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १३३ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका आशा थापाले १०८ मत प्राप्त गरेका थिए। समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भएका छन्।
समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी) १४१, कमल धिताल (बाह्रखरी) १८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७, राजु बास्कोटा (क्लिकमाण्डु) १५९ र सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मतसहित निर्वाचित भएका छन्।
सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए।