१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सफल भयो : एनआरएनए सचिव गंगाधार गौतम

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०८०, बुधबार १०:०६

नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैरआवसीय नेपालीहरू खुशी

नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैरआवसीय नेपालीहरूले खुशी व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका हुन्।

एनआरएनए केन्द्रीय सचिव गंगाधर गौतमले विधेयक प्रमाणीकरण भएसँगै आफूहरूको अभियानले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् । ‘एक पटकको नेपाली, सधैँभरिको नेपाली भन्ने हाम्रो अभियानले सार्थकता पाएको छ’ उनले भनेका छन् ।

विदेशमा रहेका धेरै नेपालीसँग नेपाली नागरिता नभएको बताउँदै उनले विधेयकले त्यस्ता नेपालीलाई गैरआवसीय नेपालीको रुपमा पहिचान दिलाउने विश्वास व्यक्त गरेका छन् ।

नेपालको संविधान २०७२ जारी भएको आठ वर्षपछि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने बाटो खुला भएको उनको भनाइ छ ।