१५ चैत्र २०८०, बिहीबार
Follow Us

पोर्चुगलमा हुने भयो भूमेपुजा

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०८०, बिहीबार १८:२४

पोर्चुगलाको लिस्बनमा भूमेपुजा गरिने भएको छ।

मगर संघ पोर्तुगल र टककसेरा समाज पोर्तुगलको सयुक्त आयोजनामा भूमेपुजा हुन लागेको हो।

” भुम्या पुजा कार्यक्रम-२०२३ ” शिर्षक दिईएको कार्यक्रम बेला भिस्टा पार्कमा यही जुन १८ गते आईटबार दिउसो १२ बजेदेखी सुरु हुनेछ।

मगर संघ पोर्चुगलका अघ्यक्ष कमल पुनका अनुसार विदेशमा बसेर पनि आफ्नो संस्कृतीलाई निरन्तरता दिएको बताएका छन्। “भूमेपुजा हाम्रो कुल देवताको पूजा जस्तै हो, यसको एतिहासिक महत्व छ” उनले भने।

भमेपूजाको साथमा भूमे पर्व र मगरहरुको थातथलोको बिषयमा अन्तर्कृयाको कार्यक्रम समेत राखिएको छ।

कार्यक्रमलाई अध्यागमन संघ नामक संस्थाले प्रर्बदन गरेको छ। कार्यक्रममा लयन बुढा मगर तकसेरा समाज पोर्तुगल र ओम घर्ति मगरले भुमेपुजा संयोजकको रुपमा महत्वपूर्ण भूमिका खेलेका छन्।