१५ चैत्र २०८०, बिहीबार
Follow Us

नागरिकता विधेयक राजपत्रमा प्रकाशितः आजबाट एनआरएनएलाई नागरिकता लिने बाटो खुल्यो

नेपालब्रिटेन संवाददाता
१९ जेष्ठ २०८०, शुक्रबार ०३:०८

काठमाडौँ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको हो । विधेयक राजपत्रमा प्रकाशित भएसँगै आजबाट नागरिकता लिन बाटो खुलेको छ ।

राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राखिएको छ।

गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालमा रहँदाको आफ्नो नागरिकता अथवा बाबु, आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको लागि निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ।