६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूकेको अध्यक्षमा तीन आकांक्षी

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०८०, शुक्रबार २०:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको जुलाई २२ तारिख हुने निर्वाचनको लागि ३ जनाले अध्यक्ष पदमा आकांक्षा राखेका छन् ।

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिले शुक्रवार निर्वाचन सम्बन्धी सूचना प्रकाशन गरे पछि उम्मेदवारको चर्चा सुरु भएको हो ।

आगामी कार्यकालको नेतृत्व समाल्न गैरआवासीय नेपाली संघ यूकेका वर्तमान उपाध्यक्ष डा.नारायण कंडेल, इंल्याण्ड परिषदका अध्यक्ष एलबीजेड गुरुङ र आइसीसी सदस्य दिनेश घिमिरेले आआफ्नो तयारी गरेका छन् ।

डा. कंडेलले अभिव्यक्ति स्वतन्त्रता विषयमा विद्यावारिधी गरेका छन् । उनी नर्दनआयरल्याण्डमा क्रियाशिल व्यवसायी समेत हुन् ।

घिमिरेले बेलायतको युर्निभरसिटी अफ लण्डनबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनी फाइनाइन्सियल एडभाइरजरको रुपका कार्यरत छन् ।

गुरुङले यसअघि नै एनआरएनए एनसीसी यूकेमा एक कार्यकाल युवा संयोजक इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेर काम गरि सकेका छन् ।


यस्तो छ एनआरएनए यूकेको निर्वाचन तालिका

लन्डन । एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित भएको छ ।

सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार २५ जुन, २०२३ दिउसो १ बजे पहिलो मतदाता नामावली प्रकाशन र २५ जुनमै सांझ ६ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध एवं २७ जुन सांझ ५ बजेसम्म एनआरएनए यूके वेवसाइटमार्फत अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

त्यसैगरि, उम्मेदवारी दर्ता जुलाई १ तारिख विहान ९ बजे देखी ३ बजे सम्म अनलाइन, २ जुलाई दिउसो १ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन (एनआरएनए यूके वेवसाइटमार्फत), २ जुलाई सांझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई सांझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ ।

निर्वाचन समितिका अनुसार, २२ जुलाई बिहान ००.०० देखि २२ जुलाई सांझ ६ बजेसम्म स्मार्ट एनआरएन एपमार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ ।

मतदानको भोलिपल्ट २३ जुलाई दिउसो एक बजे परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकालले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकाल र सदस्यहरु विपिन निरौला एवं हरि गुरुङ रहेको निर्वाचन समितिले शुक्रबार निर्वाचन तालिका प्रकाशित गरेको हो ।


हेर्नुहोस् निर्वाचन तालिका