७ बैशाख २०८१, शुक्रबार
Follow Us

अमेरिकामा नेपाली स्वास्थ्य दिवस

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०८०, शनिबार ०४:५५

न्यूयोर्क । अमेरिकास्थित एक स्थानीय सरकारले नेपाली समूदायको स्वास्थ्यमा चासो राख्दै हेरक वर्ष नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिको आयोजानमा गत साता सम्पन्न क्षेत्रीय स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै अर्बिङ शहरका नगर प्रमुखको तर्फबाट ओस्कर वार्डले सम्मेलनमा नेपाली स्वास्थ्य दिवस मनाउने घोषणा गरेका थिए ।

मे २६ देखि २७ तारिखसम्म चलेको सो सम्मेलनमा प्रत्यक्ष तथा भरचुर्अल गरेर ३ तीन सय जना विभिन्न स्वास्थ्यसम्बन्धी बिज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा अमेरिका, क्यानाडा, कोस्टारिका र नेपाललगायतका देशमा रहेका चिकित्सकहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनको पहिलो सत्र मे २७ शुक्रबार गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदको स्वास्थ्य बिभागका सभापति डा. संजिव सापकोटा, सम्मेलन तयारी समितिका संयोजक डा. प्रकाश श्रेष्ठले सम्मेलनमा पुगेका प्रतिनिधिहरुलाई स्वागत तथा सम्मेलनको वारेमा प्रकाश पारेका थिए । सो सत्र डा. किरण सापकोटा, डा. संजिव सापकोटा, डा. प्रकाश श्रेष्ठलगायतले संचालन पनि गरेका थिए ।

सम्मेलनको दोश्रो दिन मे २७ का दिन ५ किलोमिटर रनिङ एण्ड वकिङमा चिकित्सकहरु सहभागी भएका थिए । दोश्रो दिन पहिलो क्षेत्रीय स्वास्थ्य सम्मेलनको समुद्घाटन टेक्सस राज्यकै युलेस शहरबाट नगर परिषद सदस्य टिका पौडेल र संघका महासचिव गौरीराज जोशीले गरेका थिए ।
सम्मेलनमा स्वास्थ्य परिचारिका (नर्स पेशा) सम्बन्धी कार्यपत्र डा विभा गौतम, अन्जु खरेल, मानसिक स्वास्थ्य सम्बन्धी रेखा कोइराला, दाँत सम्बन्धी दन्त्य रोग विशेषज्ञ स्मृति राजभण्डारी अमात्य, मधुमेय रोग सम्बन्धमा डा. नील अमात्य, सम्मेलनमा बिभिन्न स्वास्थ्य संघसंस्थालगायतका संस्थाहरुका प्रतिनिधिले आआफ्नो भनाई राखेका थिए ।

सम्मेलनको अन्तिम दिन मे २८ तारिखका आध्यत्म र स्वास्थ्य, मानसिक स्वास्थ्य, बैज्ञानिक कार्यपत्र सत्र, स्वास्थ्य कार्यशाला, क्यान्सरको रोगथामबारे जानचेतना, क्यानाडामा रहेका नेपालीहरुलाई स्वास्थ्य चेतनासम्बन्धी गतिविधि भएका थिए । जनस्वास्थ्य, नर्सिङ, चिकित्साशास्त्रलगायत तीन समूहमा विभाजित स्वास्थ्यकर्मीहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन डा. निशा शर्मा तथा रामहरि रौनियारले गरेका थिए ।

सम्मेलनको अन्तिम दिन अर्बिङ १७ बुँदे घोषणा जारी गरिएको थियो । घोषणापत्रमा अमेरिका क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, स्वास्थ्यकर्मीबीच नेटर्वकिङ, नेपालमा जारी स्वास्थ्यसम्बन्धी कार्यक्रममा आर्थिक सहयोग लगायतका विषयहरु समेटिएका छन् ।

सम्मेलनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले यो सम्मेलन भविष्यमा अमेरिका र त्यसभन्दा बाहिरका क्षेत्रमा स्वास्थ्य व्यवसायीहरूलाई सहयोग र्पुयाउनका लागि कोसेढुङ्गा हुने बताए ।

उद्घाटन समारोहमा बोल्दै गैरआवासीय नेपाली संघका महासचिव गौरी जोशीले केही वर्षअघि मात्रै स्थापना भएको विश्व स्वास्थ्य समितिले विश्वभर नेपाली समुदायमा महत्वपूर्ण योगदान पु-याएको बताए ।

सम्मेलनमा क्षेत्रीय संयोजक मध्ये एक राम सी पोखरेलले इरभिङ टेक्सासमा सम्मेलन आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले आयोजक अर्बिङ नगरपालिकाले दिएको मान्यता र सहयोगले नेपाली समुदायको हितमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।