२३ बैशाख २०८१, आईतवार
Follow Us

८० हजारले दिए एनआरएनए सदस्य बन्न आवेदन

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०८०, बिहीबार २२:४०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का ५० भन्दा बढी देशमा धमाधम सदस्यता वितरण भैरहेको छ । संघका प्रवक्ता सोम सापकोटाका अनुसार विहिवार सम्म ५२ देशका राष्ट्रिय समितिले एमआईएस मार्फत सदस्यता वितरण गरेका हुन् ।

केही देशमा प्राविधिक कारणले एमआईएस खुल्न बांकि रहेको संघले जनाएको छ । हाल ८१ हजार २ सय भन्दा बढीले सदस्यताको लागि एमआईएस मार्फत आवेदन दर्ता गरेका छन् । उनीहरुको प्रमाणीकरण हुन बांकीनै छ ।

गैरआवासीय नेपाली संघको विधान अनुरुप सबै राष्ट्रिय समितिले जुलाईको अन्तिम सातासम्म अनिवार्य रुपमा निर्वाचन गरि सक्नु पर्ने हुन्छ ।
गैरआवासीय नेपाली संघका अनुसार अमेरिका, जापान, डेनमार्क, कोरिया, कतार लगायतका देशमा सदस्यता वितरण कार्य बन्द भैसेको छ । ती देशमा जुलाई महिनामा निर्वाचन गर्ने तयारी भैरहेको छ ।

हाल सम्म अमेरिकाले १६ हजार ३ सय ५८, कतारले १२ हजार ४ सय १५, जापानले ११ हजार ३ सय ७९, सदस्यता वितरण गरेर अग्रस्थानमा रहेका छन् । बांकि देशमा सदस्यता वितरण कार्य जारी छ ।