१९ बैशाख २०८१, बुधबार
Follow Us

विधान विपरित कुनै पनि सम्झौता हुदैन् : एनआरएनए वार्ता समिति सदस्यहरु (भिडियो)

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०८०, बिहीबार १५:४६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्दा अनलाइन मतदान हुनु पर्नेमा संघद्धारा असन्तुष्ट पक्षसंग वार्ता गर्न गठित समितिका सदस्यहरुले बताएका छन् ।

नेपालब्रिटेन डट कमको एक अन्तरवार्तामा संघका उपहासचिव डा. देवी बस्नेत र सचिव प्रमोद सिटौलाले संघको विधान विपरित कुनै पनि सम्झौता नहुने बताए ।

संघका सचिव सिटौलाले संघले संस्थाको रुपान्तरणको लागि वार्ता प्रकृया अघि बढाए पनि असन्तुष्ट पक्षले काठमाण्डौंमै गएर सबैले मतदान गर्न पाउनु पर्ने पश्यगामी अडान लिए पछि वार्ता नमिलेको बताए ।

उनले संघले विधानले निर्देशित गरेको हाइब्रिड मोडलमा मात्र मतदान हुने र विधान विपरित कुनै पनि सम्झौता नहुने बताए । उनले पंन्जिकृत सदस्यहरुलाई नेपाल जान पर्दैन, करोडौं खर्च गर्न पर्दैन सदस्य बन्नुहोस् भनेर सदस्यता वितरण गर्ने अहिले आएर फेरि काठमाण्डौंमै जानु पर्छ भन्न नमिल्ने बताए । उनले अहिले विधान भन्दा पछाडि हुन नसकिने बताए ।

संघका उपहासचिव डा. देवी बस्नेले संघको ११ औं महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्न प्रयास भैरहेको बताए । उनले अर्को समूहसंगको वार्ता सकरात्मक भएको बताए । उनले विधानलाई मुलआधार बनाएर अघि बढे वार्ता सफल हुने विश्वास व्यक्त गरे ।

सिटौला तथा बस्नेत वार्ता समितिका सदस्यहरु हुन् ।