१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाललाई अमेरिकाले दियो २०८ रनको लक्ष्य

नेपालब्रिटेन संवाददाता
५ असार २०८०, मंगलवार ११:२७

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाबाट २०८ रनको विजय लक्ष्य पाएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय सात रन बनायो ।

अमेरिकाका लागि सातौं नम्बरका क्रिज समाल्न आएका सायान जहांगिरले सतकीय पाली खेले । उनले अविजित एक सय रनको योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान जहांगिरले आक्रामक पाली खेल्दै ७९ बलको सामना गरी तीन छक्का र १० चौका पनि प्रहार गरे ।

ओपनर ब्याट्सम्यान सुशान्त मोदानीले पनि ४२ रनको योगदान गरे । उनले ७१ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । गजानन्द सिंहले २६ रन जोडे । उनले ४१ बलको सामना गरी एक छक्का र दुई चौका प्रहार गरे ।

जेसी सिंहले पनि २५ बलमा १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो संख्यामा रन बनाउन सकेनन् । नेपालका बलर करण केसीले चार, गुल्सन झाले तीन, दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।