२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिकाको निर्वाचनमा तीन अध्यक्षसहित तीन सय ६० जना उम्मेदवार

नेपालब्रिटेन संवाददाता
१५ असार २०८०, शुक्रबार ००:१४

८ आइसीसी सदस्यमा २५ जनाको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामि निर्वाचनका लागि अध्यक्ष पदमा तीन जना सहित तीन सय ६० भन्दा बढीको उमेदवारी परेको छ।

एनआरएनए अमेरिका निर्वाचन आयोगले बिहिवार साँझ ६ बजे (पूर्वीय समय) सम्मका लागि उमेदवारी मनोनयनको समय तोकेको थियो।

निर्वाचन आयोगका एक सदस्यका अनुसार एनसीसीका सबै पदमा निर्वाचन हुने भएको छ। च्याप्टरहरुमा धेरै स्थानमा निर्विरोध भएका छन् कतिपय च्यापटरका केही पदमा उमेदवारी नै परेको छैन।

निर्वाचन आयोगका ति सदस्यका अनुसार एनसीसीको अध्यक्षमा डा अर्जुन बञ्जाडे, डिलु पराजुली र सुमन थापाले उमेदवारी दर्ता गराएका छन्।

बञ्जाडे एनआरएन अमेरिकाको निर्तवान बरिष्ठ उपाध्यक्ष हुन्। उनी पछिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएका थिए।

पराजुली र थापा वर्तमान कमिटीका उपाध्यक्ष हुन्। शुरुमा पराजुली र थापा एउटै टिमबाट चुनावी मैदानमा उत्रने चर्चा चलेको थियो। तर थापाले संस्थापन पक्ष छोडेका हुन्।

यस्तै बरिष्ठ उपाध्यक्षमा अन्जन चौलागाई र बिकास उप्रेतिको उमेदवारी परेको छ। एनआरएनएको विधानमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गर्न पाइदैन । तर दुबै पक्षले यो निमय पालना गरेका छैनन।

उप्रेति वर्तमान कमिटीका उपाध्यक्ष र चौलागाई महासचिव हुन्। । उप्रेति बञ्जाडे टिम र चौलागाई पराजुली टिमका बरिष्ठ उपाध्यक्ष उमेदवार हुन्।।

उपाध्यक्षमा खुल्ला तर्फ चार पदका लागि नौ जनाले उमेदवारी दिएका छन्। ।

राजिव श्रेष्ठ, भानु खरेल, सन्तोस पहारी, राज ढुङ्गना, प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ, किशोर रेग्मी र क्रान्ति अर्यालले खुल्ला उपाध्यक्षमा उमेदवारी दिएका छन्। ।

युवा उपाध्यक्षमा अनुप खनाल, त्रिभुवन पाण्डे र रामचन्द्र भट्टले उमेदवारी दिएका छन्। खनाल पराजुली टिमका हुन्। यस्तै पाण्डे थापा टिम र भट्ट डा। बञ्जाडे टिमका हुन्। ।

महिला उपाध्यक्षमा सुन्दरी गुरुङ र सुनिता सापकोटा कडेलको उमेदवारी परेको छ। गुरुङ पराजुली र कडेल डा बञ्जाडे टिमका उमेदवार हुन्। ।

महासचिवमा गोपेन्द्र भट्टाई र रामहरि अधिकारीको उमेदवारी परेको छ। भट्टराई डा. बञ्जाडे र अधिकारी पराजुली टिमबाट महासचिवको उमेदवार हुन्। भट्टराई वर्तमान कमिटीका उपाध्यक्ष हुन।

सचिवमा दिपक सापकोटा र एकदेव शर्माको मनोनयन परेको छ। सापकोटा बञ्जाडे टिम र शर्मा पराजुली टिमका उमेदवार हुन्।

कोषाध्यक्षमा एक पदका लागि सरोज सिग्देल, रविन्द्र उप्रेति र अमृत शर्माको उमेदवारी परेको छ। उप्रेति डा. बञ्जाडे टिमका उमेदवार हुन्। सिग्देल पराजुली टिमका उमेदवार हुन्। ।

संयुक्त कोषाध्यक्षमा दिवाकर पाण्डे र रविसिंह बस्नेतको उमेदवारी परेको छ। युथ कोअडिनेटरमा बिकी थापा र जेत पौडेल चुनावी मैदानमा छन्। महिला सचिवमा सुनीता पौडेल र उर्मिला श्रेष्ठ तथा महिला कोअडिनेटरमा सुनिता खत्री र मुना तिवारी उमेदवार छन्।

बोर्ड सदस्यमा आठ पदमा ३० भन्दा बढीको उमेदवारी परेको निर्वाचन आयोगका ति सदस्यको भनाई छ।

यस्तै आइसीसी सदस्यमा पनि आठ पदमा २५ जना भन्दा बढीको उमेदवारी परेको छ। यस्तै क्षेत्रीय संयोजकमा चार पदमा पनि निर्वाचन हुने छ।

एनआरएनए अमेरिकाको २९ च्याप्टरमा पनि उमेदवारी दाखिला भएको छ।

निर्वाचन आयोगले जुलाई २२ देखि २३ सम्मका लागि मतदानको दिन तोकेको छ। एनआरएनए अमेरिकामा १५ हजार तीन सय ६६ जना मतदाता रहेका छन्।