२४ बैशाख २०८१, सोमबार
Follow Us

एलबीजेड गुरुङले गरे एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
१६ असार २०८०, शनिबार १२:३५

लण्डन । गैरआवासीय नेपाली संघ (यूके) को आगामी कार्यकालको लागि संघको इंल्याण्ड परिषदका अध्यक्ष एलबीजेड गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
शनिवार उनले अनलाइन मार्फत उम्मेदवारी दर्ता गरेको नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।

गुरुङले गत महिना एक पत्रकार सम्मेलन गर्दै संघको गिर्दो शाखलाई जोगान आफुले पूर्णरुपमा प्रयत्न गर्ने बताएका थिए। उनले लामो समय सम्मको योगदान र अनुभवका आधारमा आफुले उम्मेदवारी दिने निचोडमा पुगेको बताए ।

उनले आफु संस्थाको नेतृत्वमा पुगे पछि नेपालीहरूको साझा संस्थाको रूपमा सबैलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाए ।

गुरुङले यसअघि नै एनआरएनए एनसीसी यूकेमा एक कार्यकाल युवा संयोजक इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेर काम गरि सकेका छन् ।