२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूकेको उपाध्यक्षमा रविन्द्र कंडेलको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
१७ असार २०८०, आईतवार २०:२६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको उपाध्यक्षमा रविन्द्र कंडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

बेलायतको पुरानो संस्था यती नेपाली एसोसियशन् यूकेको पूर्ववरिष्ठ उपाध्यक्ष रहेका कंडेलले जुलाई २२ तारिख हुने निर्वाचको लागि उम्मेदवार बनेका हुन् ।

३ दशकदेखी बेलायतमा बसोबास गर्दै आएका कंडेलले बेलायतबाट अन्तराष्ट्रिय कानून र मानवअधिकारमा मास्टर गरेका छन् ।

बेलायतमा हेल्थ एण्ड सोशियल केयर व्यवसायमा संलग्न कंडेलले नेपालमा पर्यटन, हाइड्रो, हस्पीटालिटी क्षेत्रमा लगानी गरेका छन् ।