इस्लामाबाद: पाकिस्तानको पर्वतीय क्षेत्रमा हराइरहेका पर्वतारोहीहरूको खोजीका क्रममा ड्रोनबाट खिचिएको हवाई दृश्यमा सात जना व्यक्तिहरू देखिएकोअल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले जनाएको छ। तर ती व्यक्तिहरूको पहिचान र स्वास्थ्य अवस्था अहिलेसम्म पुष्टि हुन सकेको छैन।
(एसीपी) का अनुसार प्राप्त फुटेजमा देखिएका व्यक्तिहरू हराइरहेका टोलीका सदस्य हुन सक्ने अनुमान गरिएको छ, तर आधिकारिक रूपमा पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको बताइएको छ।
खोज तथा उद्धार अभियानको नेतृत्व अनुभवी नेपाली पर्वतारोही मिङ्मा ग्याल्जे शेर्पाले गरिरहेका छन्। उनको नेतृत्वमा सञ्चालन भइरहेको अभियान आज पनि जारी रहने जनाइएको छ।
उद्धार टोलीले दुर्गम भूगोल र प्रतिकूल मौसमका कारण चुनौतीहरूको सामना गरिरहेको छ। यद्यपि, ड्रोन फुटेजमा मानिसहरू देखिनु सकारात्मक संकेतका रूपमा लिइएको छ।
अधिकारीहरूले सम्भावित उद्धारका लागि थप स्रोत परिचालन गरिएको र चाँडै नै स्पष्ट जानकारी आउने विश्वास व्यक्त गरेका छन्।