लण्डन । गैरआवासीय नेपाली संघ यूकेको महिला संयोजकमा रोजिना गुरुङ सर्वसम्मत भएकी छन् ।
संघको जुलाई २२ तारिख हुने निर्वाचनमा महिला संयोजकको १ पदको लागि गुरुङको मात्र उम्मेदवारी परे पछि उनी सर्वसम्मत भएकी हुन् ।
गैरआवासीय नेपाली संघ यूकेमा उनी दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने पहिलो महिला संयोजक हुन् ।
२६ वर्षिया गुरुङले लण्डनबाट अन्तराष्ट्रिय अपराधशास्त्रमा एमएससी गरेकी छन् ।