३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए यूके निर्वाचनः एलबीजेडद्धारा उम्मेदवारी फिर्ता

नेपालब्रिटेन संवाददाता
२० असार २०८०, बुधबार ०८:३७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदका उम्मेद्वार एलबीजेड गुरुङले उम्मेदवारी फिर्ता लिने भएका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङसमेतको पहलमा मंगलबार बेलुका हन्स्लोमा भएको छलफलमा एलबीजेडले हित काजीलाई समर्थन गर्ने सहमति बनेको हो।

सहमतिअनुसार उम्मेदवारी फिर्ताका लागि सारिएको बुधबार दिउँसो एक बजेभित्र एलबीजेडले उम्मेदवारी फिर्ता लिनेछन् ।

एलबीजेड गुरुङले आफू हारेर भएपनि संस्था बाँच्नुपर्ने आफ्नो मान्यता रहेकाले पछि हट्न तयार बनेको बताए । उनले भने, ‘म एक जनाले त्याग गर्दैमा सहमति बन्छ र संस्थाको हित हुन्छ भने किन नगर्ने भन्ने मैले सोचेको हुं ।’

धेरै पढिएको