३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए विरुद्ध प्रेम गाहामगरले दिएको रिट खारेज

नेपालब्रिटेन संवाददाता
२० असार २०८०, बुधबार १३:१२

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतका निवर्तमान अध्यक्ष प्रेम गाहामगरले गैरआवासीय नेपाली संघ विरुद्ध उच्चअदालतमा हालेको रिट खारेज भएको छ ।

गाहामगरले गैरआवासीय नेपाली संघले आफुलाई गैरकानुनी रुपमा वर्खास्त गरेको भन्दै सर्वोच्च अदालतमा अध्यक्ष कुल आचार्य, रविना थापा, डा. बद्री केसी, महासचिवद्धय डा. केशव पौडेल, गौरीराज जोशी र गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए ।
गैरआवासीय नेपाली संघले अध्यक्ष गाहामगरलाई संघको केन्द्रीय निर्देशन नमानेको भन्दै एक छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष पदबाट बर्खास्त गरेर सुनिल खड्काको नेतृत्वमा नयां कार्यसमिति गठन गरेको थियो ।

अदालतको फैसला पछि गाहामगर बिरुद्ध संघले गरेको निर्णयले कानुनी मान्यता प्राप्त गरेको छ । बुधवार भएको फैसलाले खड्कको अध्यक्षतामा रहेको कार्यसमितिले औपचारिक रुपमा कानुनी मान्यता प्राप्त गरेको छ ।

गैरआवासीय नेपाली संघ यूकेको नयां कार्यसमितिको लागि २२ जुलाईमा निर्वाचन हुदैछ ।

धेरै पढिएको