लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् का प्रवक्ता सोम सापकोटाका अनुसार नेपालमा सिर्जित वर्तमान गम्भीर परिस्थितिका कारण संघका आगामी केही दिनका सम्पूर्ण बैठक तथा तय गरिएका कार्यक्रमहरू स्थगित गरिएको छ।
गैरआवासीय नेपाली संघको आपतकालीन बैठकले उक्त निर्णय गरेको हो। देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै संघले विश्वभर रहेका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्, संघका सदस्य तथा गैरआवासीय नेपाली समुदायलाई कठिन घडीमा एकजुट भई मातृभूमि नेपालको सहयोगमा हातेमालो गर्न हार्दिक अनुरोध गरेको छ।
यसै निर्णयअनुसार आगामी २९ अगस्टमा नेपाली दूतावासमा आयोजना गर्ने भनिएको ‘बुद्ध मूर्ति स्थापना कार्यक्रम’ पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
संघले वर्तमान परिस्थितिलाई बुझिदिन आग्रह गर्दै कार्यक्रम स्थगनप्रति पुर्याएको सद्भाव, सहयोग र समझदारीका लागि सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेको छ।