२० बैशाख २०८१, बिहीबार
Follow Us

शान्ति नेपाली समाजले तीज विषेश कार्यक्रम गर्ने

नेपालब्रिटेन संवाददाता
२२ असार २०८०, शुक्रबार २०:०५

डिएन खराल । शान्ति नेपाली समाज वेष्टमिडल्याण्डले हरितालिका तीजको अवसरमा विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ ।

समाजका अध्यक्ष प्रविण खरालका अनुसार संस्थाले आगामी सेप्टेम्बरको दोस्रो साता वेष्टबरुमवीचमा तीज धमका कार्यक्रमको आयोजना गर्न लागेको हो ।
११ सेप्टेम्बर सोमवारका दिन दिउसो ४ बजेबाट शुरु हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुको विषेश उपस्थिति रहने संस्थाले जनाएको छ ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, कलाकारहरु राजु परियार, सिला आले लगायतको विषेश प्रस्तुती रहनेछ ।

१ हजार भन्दा बढी दर्शकको उपस्थिती रहने अपेक्षा गरिएको सो कार्यक्रममा उपस्थित हुन बेलायतस्थित नेपाली समुदायलाई संस्थाले अनुरोध गरेको ।