२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए स्विट्जरल्यान्डको अध्यक्षमा शिवाकोटी सर्वसम्मत, आइसीसीमा शुभ एल्मार लामा

नेपालब्रिटेन संवाददाता
२३ असार २०८०, शनिबार २३:४४

लण्डन । गैरआवासीय नेपाली संघ स्विटजरल्यान्डको अध्यक्षमा कृष्णप्रसाद शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् ।

बेर्नमा आइतवार सम्पन्न आठौ महाधिबेशनले उपाध्यक्षमा जीवन भट्टराई र राकेशचन्द्र प्रजापती, महासचिवमा याम काउचा मगर, सचिवमा सुनिता तामांग, कोषाध्यक्ष बिनिता सुनार, महिला संयोजकमा चम्पा ज्ञवाली रुक्सथूल, युबा संयोजकमा आशिस परियार, प्रवक्तामा रेशम खत्री र सदस्यमा सारा पुन सर्वसम्मत भए ।

यस्तै संघको केन्द्रीय सदस्य (आइसिसी) सदस्यमा शुभ एल्मार लामा निर्बिरोध भइन् ।

अधिवेशनमा प्रमुखअतिथि स्विट्जरल्यान्डका लागि नेपाली कार्यवाहक राजदूत उत्तम कुमार शाही, विशेष अतिथि एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएनए आईसिसी पर्यवेक्षक आईसिसी सदस्य सिमा गौतम लगायतले शुभकामना दिएका थिए ।

सो निर्वाचन सम्पन्न गर्न बिष्णु प्रसाद थापा संयोजक, सहसंयोजकमा गुणराज शर्मा र सदस्य बिदुर साङ्रौला रहेको एक समिति गठन भएको थियो ।