१६ बैशाख २०८१, आईतवार
Follow Us

इमर्जिङ टिम्स एसिया कप खेल्न जाने टोलीको बिदाइ

नेपालब्रिटेन संवाददाता
२५ असार २०८०, सोमबार ०५:४९

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । आज (सोमबार) काठमाडौँमा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाली टोलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ खेल्नेछ । नेपाली क्रिकेट टोलीले टोली आजै श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ पनि अँटाएका छन् ।

ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका छन् भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी-२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।