२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए चेक गणतन्त्रको वरिष्ठउपाध्यक्षमा कंडेलको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२५ असार २०८०, सोमबार २३:०९

लण्डन्। गैरआवासीय नेपाली संघ चेक गणतन्त्रको वरिष्ठउपाध्यक्षमा गिरी प्रसाद कंडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
एनआरएनए चेकको आगामी कार्यकालको लागि वर्तमान महासचिव समेत रहेका कंडेलले सोमवार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

कंडेलले आफ्नो क्षमता र अनुभवको आधारमा आगामी कार्यकालको लागि वरिष्ठउपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

चेक गणतन्त्रमा विगत ९ वर्ष देखि बसोबास गर्दै आएका कंडेल मौसम परिवर्तन सम्बन्धी विषयका युवा वैज्ञानिक हुन् ।

कंडेललाई अर्का उम्मेदवार आर्जना खड्काले चुनौति दिएका छन् । संघको नयां नेतृत्वको लागि अध्यक्ष पदमा छविलाल कंडेल , बैकुण्ठ रायमाझी, अन्जिलासिंह थापाको उम्मेदवारी परेको छ । चेक गणतन्त्रमा ७५३ जान पंजिकृत सदस्यहरु छन् ।