३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनएमा सर्वसम्मत नेतृत्व चयन गर्न बेल्जियममा नयांपुस्ताको दवाव

नेपालब्रिटेन संवाददाता
२७ असार २०८०, बुधबार १५:५३

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचनमा अध्यक्ष पदमा मात्र निर्वाचन हुने भए पछि त्यहाँस्थित नयांपुस्ताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न दवाव दिएका छन् ।

युवा संजाल हाम्रो परिवारले वुधवार एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणले तिरेको शुल्कबाट केही उम्मेदवारको स्वार्थपुरा गर्नको लागि मात्र बिभिन्न क्षेत्रमा मतदान केन्द्रहरु राखेर चुनाव गरिनु गलत परम्पराको शुरुआत भन्दै सहमतिमा निर्वाचन गर्न आग्रह गरेको हो । युवाहरुले सहमति नभएमा अगामी एनआरएनए बेल्जियमको निर्वाचनमा भाग नलिने समेत चेतावानी दिएका छन् ।

विज्ञप्तिको पूर्णपाठ

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको १६ जुलाई २०२३ मा हुने निर्वाचनको सम्बन्धमा हाम्रो परिवारको ध्यानार्कण भएको छ । नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रका साथ स्थापना भएको एनआरएनए बेल्जियममा देखिएको पछिल्लो परिस्थितिले नेपाली, नेपालीकाबीच कलहको अवस्थामा पुग्नु दुःखको कुरा हो ।

नेपाल सरकारबाट मान्यता प्राप्त गरेको संस्थाभएको कारणलेनै करिब २५७३ जना यो संस्थामा आफ्नो शुल्क तिरेर सदस्य भएका हुन् ।

एनआरएनए बेल्जियमको आगामी कार्यसमितिको सबै पदमा सर्वसम्मत हुनु र एक मात्र अध्यक्ष पदमा निर्वाचन गरेर संस्थाका सदस्यहरुले तिरेको रकम हिनामिना गर्ने कार्यको हामी घोर भत्सना गर्दछौं । र, तत्काल चुनावी प्रकृया रोक्न अनुरोध गरिन्छ ।

सर्वसाधारणले तिरेको शुल्कबाट केही उम्मेदवारको स्वार्थपुरा गर्नको लागि मात्र बिभिन्न क्षेत्रमा मतदान केन्द्रहरु राखेर चुनाव गरिनु गलत परम्पराको शुरुआत हो । त्यसैले अध्यक्ष पदका प्रत्यासीहरु सिता सापकोटा, अनुजा प्रधान र तिर्थ धमलाबीच एक आपसमा सहमति गरेर नेतृत्वमा सर्वसम्मतको बाटो खोज्न आग्रह गर्दछौं ।

अन्यथा, बेल्जियमस्थित युवा पुस्ताहरुले अगामी एनआरएनए बेल्जियमको निर्वाचनमा भाग नलिने जानकारी गराइन्छ ।

धन्यवाद
हाम्रो परिवार, बेल्जियम
१२ जुलाई २०२३

धेरै पढिएको