१५ बैशाख २०८१, शनिबार
Follow Us

सावित्रा भण्डारीले इन्ज्युरी समयमा गोल गर्दा नेपाल हारबाट जाेगियाे

नेपालब्रिटेन संवाददाता
२८ असार २०८०, बिहीबार १३:५१

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्गलादेशले बराबरी खेलेका छन् ।

ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा आज बिहीवार भएको खेलमा नेपाल र बङ्गलादेशले बराबरी खेले । बङ्गलादेशकी सबिना खातुनले खेलकाे ६५ औँ मिनेटमा गोल गर्दै टाेलीलाई अग्रता दिलाएकाे थिइन् । तर नेपालकी सावित्रा भण्डारीले थपिएकाे ४ मिनेटकाे इन्ज्युरी समयमा गोल गर्दै टाेलीलाई बराबरीकाे अवस्थामा ल्याइन् ।

गएको वर्ष भदौमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्गलादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् । पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्गलादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन ।

नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल पर्सि आइतबार हुनेछ ।