१८ बैशाख २०८१, मंगलवार
Follow Us

‘यो तीजको लहर हो’ भन्दै आए ६ मोडल

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार १४:१६

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा ‘यो तीजको लहर हो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा २ चर्चित गायिकाहरु मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ।

डी . पी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्मारिका ढकाल, समारिका ढकाल, दिपा शाही, सुशीला थापा, आभा थापा र बिना राउत लगायत कलाकारको अभिनय रहेको छ। अर्जुन तिवारीको छायाँकन गरेको यस भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ ।

सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडियोलाई शान थापाको निर्देशनमा तयार पारिएको हो। नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडियोलाई ‘नोभिस आर्टस’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।