३ भाद्र २०८३, बुधबार
Follow Us

अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी सिके राउतलाई

नेपालब्रिटेन संवाददाता
३ भाद्र २०८३, बुधबार १०:४०

काठमाडौं । अग्रगामी मोर्चाको प्रवक्ताको जिम्मेवारी जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके) ले पाएका छन् । मोर्चाको मंगलबार बसेको बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि मोर्चाले मोर्चाका घटक दलहरू आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णय समेत लिएका छन् ।

मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राउत नेतृत्वको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी, जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा यसमा आबद्द रहेका छन् ।

बामपन्थी पृष्ठभुमीका नेताहरूको उल्लेख्य उपस्थिति रहेको यस मोर्चामा तराई मधेस केन्द्रित दलको बाहुल्यता रहेको छ। 

गत २३ असारमा जारी गरिएकाे घाेषणा पत्र अनुसार नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति प्रतिबद्ध रही लोकतान्त्रिक, प्रगतिशील, समाजवादी र समावेशी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्य रहेको उल्लेख गरेकाे छ ।

 

धेरै पढिएको