२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए अमेरिका निर्वाचनः फेसियल भेरिफिकेसनबाटै निर्वाचन गर्ने निर्णय

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार २२:५२

लण्डन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसि) अमेरिकामा फेसियल भेरिफिकेशनबाटै निर्वाचन हुने भएको छ ।

फेसभेरिफिकेशन छलेर निर्वाचन गर्न खोजे पछि संघभित्र चर्को विवाद शुरु भए पछि निर्वाचन समितिले शनिवार सो निर्णय गरेको हो ।

यसअघि अध्यक्ष पदका प्रत्याशी डा. अर्जुन बञ्जाडेले कुनै पनि बहानामा सदस्यहरुको चाहना र अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसि) को निति एवं निर्देशन विपरित, फेसियल भेरिफिकेशन बिनाको निर्वाचन आफूहरुलाई स्वीकार्य नहुने बताएका थिए ।

आगामी साता हुने कार्यसमितिको निर्वाचनको लागि अध्यक्ष पदमा बञ्जाडे र दिलु पराजुलीबीच निर्वाचन हुदैछ ।