२४ असार २०८१, आईतवार
Follow Us

बेल्जियम र चेक गणतन्त्रमा मतदान शुरु

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार २३:२९

पहिलो पटक फेफियल भेरिफिकेशनको प्रयोग

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियम र चेक गणतन्त्रमा नयां नेतृत्वको लागि आज (आइतवार) निर्वाचन हुदैछ । गैरआवासीय नेपाली संघ बेल्जियमको निर्वाचन समितिका संयोजक गंगाधार गौतमका अनुसार बेल्जियममा आज विहान ८ बजे देखि साँझ ५ बजे सम्म बेल्जियमका ६ वटा केन्द्रमा प्रत्यक्ष निर्वाचन हुदैछ ।

सोे निर्वाचनमा २५७३ जना मतदाताहरुले मतदान गर्ने एनआरएनए बेल्जियमले जनाएको छ । कार्यसमितिको अध्यक्ष बाहेक अरु पदमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।

संघको नयां नेतृत्वको लागि वर्तमान उपाध्यक्ष तिर्थ धमला र जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति सीता सापकोटाबीच प्रतिस्पर्धा हुदैछ ।

यस्तै चेक गणतन्त्रमा पहिलो पटक फेसभेरिफिकेशन मार्फत मतदान हुने भएको छ । निर्वाचन समितिका संयोजक चिरन्जीबी खड्काका अनुसार अष्ट्रेलिय कम्पनी भेरोले अनलाइन भोटिङको जिम्मेवारी लिएको छ।

अध्यक्ष पदको लागि अन्जिला सिंह थापा क्षेत्री, वैकुण्ठ रायमाझी र छविलाल कंडेलबीच प्रतिस्पर्धा हुदैछ । निर्वाचन समितिका अनुसार आजै परिणाम सार्वजनिक हुनेछ ।