२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए हङकङमा ढकाल दोस्रो पटक निर्विरोध

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८०, सोमबार ०६:३१

हङकङ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा गोकर्ण प्रसाद ढकाल दोहोरिएका छन् । आउँदो कार्यकालका लागि अध्यक्ष पदमा ढकालको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका थिए।

अध्यक्षसहित अन्य सवै पदमा दोहोरो उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन हुने भएको हो। यस्तै, उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन्। महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन्। यस्तै सचिवमा मनोज सूर्यवशीं चुनिएका छन्।

त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन्। ईन्दर पुर्जा पुनलाई युवा संयोजकको जिम्मेवारी दिइएको छ भने महिला संयोजक कविता गुरुङलाई बनाइएको छ। यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन्। एनआरएनए हङकङको अधिवेशन २३ जुलाइमा हुँदैछ।