२४ असार २०८१, आईतवार
Follow Us

चेक गणतन्त्रमा पर्यटक बस दुर्घटना हुदा ५ नेपाली घाइते, चालकको मृत्यू

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८०, मंगलवार १४:४५

लण्डन । देशको दक्षिणपूर्वमा रहेको चेक राजमार्गमा सोमबार दुईवटा बस एकआपसमा ठोक्किँदा एकजना बस चालकको मृत्यु भएको र ७६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

गैरआवासीय नेपाली संघ चेकका पूर्वउपाध्यक्ष रेम्बो जिसीका अनुसार सो घट्नामा ५ जना नेपाली घाइते भएका छन् । ती मध्ये ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एक जना नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटना डीटु राजमार्गमा दोस्रो ठूलो चेक शहर ब्रनो नजिकै भएको थियो।

हंगेरीको राजधानी बुडापेस्टबाट प्राग जाँदै गरेको एउटा बस अर्कोको पछाडि ठोक्किएको अधिकारीहरूले बताएका छन्।

१४ गम्भीर घाइते मध्ये केहीलाई हेलिकप्टरबाट नजिकैका अस्पतालहरूमा लगिएको प्रहरीले जनाएको छ।

चेकियालाई स्लोभाकियाको राजधानी ब्राटिस्लाभासँग जोड्ने राजमार्ग दुबै दिशामा केही घण्टासम्म बन्द गर्नुपरेको प्रहरीले जनाएको छ ।

अहिले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।