२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए घले समूह वालुवाटार सहमतिबाट पछि हट्दैन् : धर्मराज खतिवडा, अष्ट्रिया (भिडियो)

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८०, मंगलवार २३:५५

लण्डन। अष्ट्रियास्थित गैरआवासीय नेपाली संघ अभियानका अग्रज धर्मराज खतिवडाले घले समूहले हालै प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा वालुवाटार गरेको सहमतिबाट पछि नहट्ने बताएका छन् ।

नेपालब्रिटेन डट कम लाइभका लागि दिएको एक अन्तरवार्तामा उनले वालुवाटार सहमतिलाई आधार बनाएर अक्टोवरमा संघको ११ औं
एकता महाधिवेशन गर्नु पर्ने बताए ।

संघको १० औं अधिवेशनमा विविध कारणले जन्मिएको विनोद कुवंर अब नरहेको बताउंदै भने हामी अध्यक्ष कुवंर र महासचिव जानकी गुरुङलाई सम्पूर्ण अधिकार प्रदान गरेका थियौ । उहांहरुले प्रधानमन्त्रीलाई साक्षी राखेर गरेको सहमति पूर्णरुपमा पालना हुन्छ । उनले प्रधानमन्त्री समक्ष भएको सहमति प्रति पूर्वअध्यक्ष घले समेत सकरात्मक रहेको बताए । उनले अध्यक्ष विनोद कुंवरले कोरिया, आफुले अष्ट्रिया र महासचिव जानकी गुरुङले संघको पंन्जिकृत सदस्य लिएर सहमति पालना गरेको तर्क गरे ।

गैर आवासीय नेपाली संघ अष्ट्रियाको पूर्वअध्यक्ष समेत रहेका खतिवडाले अष्ट्रियामा यसै साता हुने निर्वाचन निश्पक्ष र धाँधली रहित हुने बताए ।