२४ असार २०८१, आईतवार
Follow Us

यी हुन् एनआरएनएका १४ देशका नवनिर्वाचित अध्यक्षहरु !

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८०, बुधबार २३:२९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न राष्ट्रिय समितिमा निर्वाचन हुने क्रम जारी रहेको छ । हाल सम्म एक दर्जन भन्दा बढी देशमा नयां नेतृत्वमा आएको छ ।

संघको विधान अनुरुपमा ३० जुलाईभित्र निर्वाचन सम्पन्न गरिसक्नु पर्ने वैधानिक प्रावधान रहेको छ । यो समाचार तयार पार्दा सम्म १४ वटा देशमा नयां अध्यक्षहरु चयन भएका छन् ।

बांकी देशमा जुलाई अन्तिमसाता सम्म निर्वाचन सम्पन्न हुने गैरआवासीय नेपाली संघले जनाएकोछ ।

नयां निर्वाचित अध्यक्षहरु

१. नर्वे – विष्णु गौतम
२. स्विजरल्याण्ड – कृष्ण प्रसाद सिवाकोटी
३. फिनल्याण्ड – लुभ उपाध्यक्ष
४. बेल्जियम – सीता सापकोटा (महासचिव, रुविना शर्मा)
५. केन्या – शिवलाल अधिकारी
६. चेक गणतन्त्र – वैकुण्ठ रायमाझी
७. बहराइन – राजु कुमार श्रेष्ठ
८. हङकङ – गोकर्ण प्रसाद ढकाल
९. लग्जेम्बर्ग – विमलबाबु उपाध्या
१०. डेनमार्क – कमलराज शर्मा
११. हंगेरी – नारायणप्रसाद भण्डारी
१२. साउदी अरब – रविना अर्याल
१३. नेदरल्याण्ड – थानेश्वर कंडेल
१४. स्वीडेन – गंगाप्रसाद घिमिरे

– २२ जुलाई आइतवार निर्वाचन तय भएका देशहरु ।

युके, अमेरिका, अष्ट्रिया, कुवेट (२१ जुलाई), इजरायल (२७ जुलाई) , थाईल्याण्ड (२३ जुलाई), आयरल्याण्ड (२५ जुलाई) ।

– ३० जुलाईको लागि निर्वाचन तय भएका देशहरु

– इटली, अष्ट्रेलिया, क्यानाडा, स्पेन, जापान, माल्टा, पोल्याण्ड, प्रोर्तुगल, युएई, टर्की, क्यानाडा ।