२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए यूएईको विवाद मिलाउन न्यायिक समिति गठन

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८०, शुक्रबार १९:२२

लण्डन । गैरआवासीय नेपाली संघ यूएईको आसन्न निर्वाचनमा देखिएको विवाद मिलाउन एक न्यायिक समिति गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार सदस्यता वितरणमा ठूलो संख्यामा फर्जी मतदाता देखिए पछि उत्पन्न विवादलाई टुंग्गो लगाउन उक्त समिति गठन भएको हो ।

समितिमा संघका मध्यपूर्व क्षेत्रका दुई जना क्षेत्रिय संयोजक र स्थानीय सामाजिक तथा राजनीतिक दलका प्रतिनिधि ४ जना रहने वताइएको छ ।

७ जना रहने सो समितिको संयोजकमा संघका उपाध्यक्ष डिबी क्षेत्री तोकिएका छन् ।

संघको राष्ट्रिय समितिमा देखिएको विवादका सम्बन्धमा आइसीसीमा उजुरी परे पछि संघका अध्यक्षहरु तथा महासचिवबीच भएको एक वैठकले मध्यमार्गी बाटोबाट विवाद मिलाउन समिति गठन गरेको हो ।

एनआरएनए युएई पटक पटक विवादमा आउने राष्ट्रिय समिति मध्यको एक हो । संघको १० औं महाधिवेसनमा समेत निर्वाचन गराउन नसकेर सहमतिका कार्यसमिति गठन भएको थियो ।