२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए यूकेको निर्वाचन आज, त्रिपक्षीय भिडन्त !

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८०, शनिबार ००:०८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालको लागि आज (शनिवार) निर्वाचन हुदैछ ।

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालका अनुसार विहान ६ बजे देखि राती १२ बजे सम्म अनलाइन मतदान जारी रहनेछ ।

संघको अध्यक्ष पदको लागि दिनेश घिमिरे, हितकाजी गुरुङ, र नारायण कंडेल चुनावी मैदानमा रहेका छन् ।

संघको ४ आइसीसी सदस्यको लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । आइसीसी सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा. सुनिल शाहको उम्मेदवारी कायम छ ।

यस्तै, संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रविन्द्र कंडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाबीच निर्वाचन हुने भएको छ ।

यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल र रामप्रसाद बगालेबीच निर्वाचन हुने भएको छ । यस्तै, १ महिला उपाध्यक्षमा सपना खनिया निर्विरोध भइन् ।

यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालबीच निर्वाचन हुने भएको छ । कोषाध्यक्षमा विष्णु खरेल निर्विरोध निर्वाचित भए । २ सचिवमा सरोज थापा र तिलक भट्टराई निर्विरोध भए । सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माबीच निर्वाचन हुने भएको छ । महिला संयोजकमा रोजिना गुरुङ निर्विरोध भइन् ।

युवा संयोजकमा विकास नेपाल र सुजित शाहिबीच निर्वाचन हुने भएको छ।

एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा कसैको पनि निर्वाचन नपरेको निर्वाचन समितिले जनाएकोछ ।

यस्तै, इंल्याण्ड राज्यपरिषदको अध्यक्षमा शम्भु प्रसाद अर्याल र शन्तोष कुमार सुवेदीबीच निर्वाचन हुने भएको छ ।

स्कटल्याण्ड राज्यपरिषदको सबै पदमा दोहोरो प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्वल कार्की, उपाध्यक्षमा प्रजापति शर्मा र कमल श्रेष्ठ सचिवमा मोतिलाल खरेल र रामप्रसाल कंडेल, सहसचिवमा भूपाल कार्की र भोजराज खरेलबीच निर्वाचन हुने पक्का भएको छ ।

कोषाध्यक्षमा बासुदेव पोखरेल र सहकोषाध्यक्षमा कल्याण अर्याल निर्विरोध निर्वाचित भए । कार्यसमितिको ४ पदमा ८ जनाको उम्मेदवारी कायम रहे पछि सबै पदमा निर्वाचन हुने भएको छ । सदस्यहरुमा सागर पाण्डे, झपेन्द्र सापकोटा, मनोहरी सापकोटा, बिराज ढुंगेल, जीवालाल भण्डारी, पवित्रा भण्डारी, तुल्सीराम न्यौपाने र स्वस्थितमा खड्का छन् ।