२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अमेरिका निर्वाचन : फेसभेरिफिकेशनमै राजनीति, निर्वाचन आयूक्त फरार

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८०, शनिबार ०६:५८

लण्डन । आज हुने गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा फेसभेरिफिकेशनलाई निर्वाचन समितिले नियन्त्रण गर्न खोजे पछि विवाद उत्पन्न भएको छ ।
अध्यक्ष प्रत्यासी डा. अर्जुन बन्जाडेका अनुसार संघको केन्द्रीय समिति, उम्मेदवारबीच भएको फेसियल भेरिफिकेशन अनिवार्य गर्ने सहमति विपरित निर्वाचन समितिले फेसियल भेरिफिकेशनको लागि दुई पटक मात्र अवसर दिने एक पक्षीय निर्णय गरे पछि विवाद शुरु भएको छ ।

यसअघि निर्वाचन प्रमुख आयुक्त बासु फुलाराले आफु निकट एक अनलाइनलाई दिएको अन्तरवार्तामा फेसियल प्रमाणीकरण दुई पटक फेल भएमा फोन वा इमेलमार्फत कोड पठाउने बताएका थिए। बन्जाडेले कोड पठाउने बारे उम्मेदवारहरुसंग कुनै छलफल नभएको बताए ।

प्रमुख आयुक्त फरार
संघको निर्वाचनको जिम्मेवारी लिएका बासु फुलारा उम्मेदवार र संचारकर्मी देखि फरार रहेका छन् । उनले अधिकांस फोनकल र इमेल रिप्लाई गर्दैन् । अध्यक्षका प्रत्यासीका एक प्रतिनिधिले उनलाई होटलमा खोज्न जादा समेत नभेटेको गुनासो गरेका छन् । अमेरिकास्थित एक पत्रकारका अनुसार उनले आफु निकट पत्रकारहरुलाई बोलाएर शुक्रवार सांझ आफ्ना भनाई सार्वजनिक गरेका थिए ।